भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०७७, शुक्रबार

तस्विर : फाइल

नेपालगन्ज १९, मंसिर ।
भेरी अस्पताल नेपालगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ११ दाङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना पुष्टि भएपछि ती पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए । रोगको प्रकृति अनुसार, सबै प्रकारको उपचार विधि अपनाउँदा अपनाउँदै विरामीको गएराती ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।


Nabintech