काठमाडौं १८,मंसिर ।
कोराना संक्रमण मुक्त भएर चिकित्सा क्षेत्रका अभियन्ता डा.गोविन्द केसी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
गत कार्तिक २८ गते संक्रमण पुष्टि भएपछि अस्पतालमा स्वास्थ्य लाभ गरिरहनुभएका डा.केसी संक्रमण पुष्टि भएको २१ दिनपछि संक्रमण मुक्त हुनुभएको हो ।
बुधबार गरिएको पिसिआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत उहाँ डिस्चार्ज हुनुभएको हो ।