कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिन बिमा समितिलाई अर्थ मन्त्रालयको अर्को निर्देशन (निर्देशन पत्रसहित)

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०७७, बिहीबार

 

काठमाडौं १८, मंसिर ।

कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको छ । अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिलाई ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।

अर्थमन्त्रालयद्वारा प्रेसित पत्रमा भनिएको छ-‘कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।’ अझै १३ हजार भन्दा धेरैको कोरोना बिमाको रकम भुक्तानी हुन बाँकी छ ।

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech