हिरिमिनियामा निशुल्क ल्याव स्थापना

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०७७, बिहीबार

नेपालगन्ज १८, मंसिर ।

बाँकेको डुडुवा गाउँपालिकाले वडा नं. ६ हिरिमिनिया स्वास्थ्य चौकीमा विहीबारदेखि निशुल्क प्रयोगशाला संचालनमा ल्याएको छ । गाउँपालिकाका कुनै पनि नागरिकलाई स्वास्थ्य परिक्षणका क्रममा गरिने परियोगशाला जाँचबाट बञ्चित हुन नदिनका लागि निशुल्क ल्याब संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

उहाँका अनुसार पालिकाले हरेक वडामा निशुल्क ल्याब संचालन गर्ने लक्ष्यका साथ अगाडी बढिरहेको र अहिलेसम्म तीन स्थानमा स्थापना भईसकेको छ, भने अब बाँकी हुने स्थानमा पनि संचालन गरिने छ । अध्यक्ष चौधरीले गाउँपालिकाले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सम्बन्धि सम्पुर्ण सेवाहरु निशुल्क रुपमा उपलब्ध गराउदै आएको बताउनुभयो ।

उहाँले सामान्य विरामीदेखि मधुमेश, प्रेसर जस्ता कडा रोगका विरामीलाई सम्पुर्ण औषधी उपचार निशुल्क रुपमा गर्दै आएको भन्दै आगामी दिनमा जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार सेवा पुरयाउने लक्ष्य रहेको बताउनुभयो । गाउँपालिकाले अहिलेसम्म वडा नंं १ बेतहनी, वडा नंं ५ कम्दी र वडा नंं हिरिमिनियामा निशुल्क प्रयोगशाला स्थापना गरिसकेको छ ।

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech