कोरोना संक्रमणबाट थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १५५१ पुग्यो

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०७७, बिहीबार

तस्विरः फाइल

काठमाडौं १८, मंसिर ।
नेपालमा आज १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ९ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार ३ सय ४३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ।

गत २४ घण्टामा ९ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ६३ हजार ९ सय १९ पुगेको छ। हाल ५ सय ७६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech