२४ घण्टामा १३४३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १५७६६

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०७७, बिहीबार

 

काठमाडौं १८, मंसिर ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ।

आज देशभर १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ५१ जना संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९जनाको पिसिआर परीक्षण भएको छ।

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech