सुर्खेतका कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०७७, बिहीबार

 

नेपालगन्ज १८, मंसिर ।

भेरी अस्पताल नेपालगन्जमा थप एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । सुर्खेत भेरीगङ्गा नगरपालिका-९ का ७० वर्षीय पुरुषको विहीबार बिहान मृत्यु भएको हो ।

ती पुरुष मंसिर ८ गते अस्पताल भर्ना भएका थिए । रोगको प्रकृति अनुसार सबै उपचार विधि अपनाउँदा समेत उनको स्वास्थ्यमा सुधार नदेखिएपछि आज विहान १०ः५६ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यो सँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका मृतक संंख्या ५३ पुगेको छ ।

 

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech