भेरीका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाए

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०७७, बिहीबार

तस्विर : फाइल

नेपालगन्ज १८, मंसिर ।
भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छन् । कोरोना महामारीमा अग्रपक्तीमा खटिएका स्वास्थ्यकर्मीले निर्देशिका अनुसार जोखिम भत्ता पाएको अस्पताललको सिनियर अहेव होमनाथ सुवेदीले जानकारी दिनुभयो ।

उनीहरुले अघिल्लो आर्थिक बर्ष २०७६/७७ को जोखिम भत्ता पाएका हुन् । लामो समयसम्म भत्ता नपाउँदा चिकित्सक, स्वास्थ्यकर्मीहरु निराश थिए । सरकारले १ करोड ५० लाख रुपैयाँ जोखिम भत्ता भनेर भेरीलाई पठाएको थियो ।

तर चालू आर्थिक बर्षको जोखिम भत्ता भने अझै वितरण हुन सकेको छैन् । रकम प्राप्त भइसकेको भएपनि वितरण भने हुन नसकेको अस्पतालले जनाएको छ ।

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech