पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ९१ हजार ४२० जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०७७, बिहीबार

 

काठमाडौं १८, मंसिर ।

विश्वभर ६ करोड ३३ लाख ६० हजार २३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ९१ हजार ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

कोभिड संक्रमणका कारण गएको २४ घण्टामा विश्वभर १० हजार २८ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेहरुको संख्या १४ लाख ७५ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरीका, भारत, स्पेन लगायतका देश कोरोना भाइरस संक्रमणबाट बढी प्रभावित छन् ।

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech