सरसफाई कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री सहयोग

    • स्वास्थ्य पेज

  • १७ मंसिर २०७७, बुधबार

 

नेपालगञ्ज, मंसिर १७ ।

नेपालगञ्ज उप–महानगरपालिकाले सरसफाईमा खटिएका कर्मचारीलाई बुधबार व्यक्तिगत सुरक्षा तथा सरसफाई सामग्री सहयोग गरेको छ । उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का र प्रबक्ता प्रमोद रिजालले सरसफाई कर्मचारीलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो ।

नगर प्रमुख डा. धवलशम्शेर राणाले कोरोनाको उच्च जोखिमका बावजुद सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि उदाहरणीय कार्य गर्न आग्रह गर्नुभयो । उप–महानगरपालिकाले जर्मन सहयोग (जिआईजेड) तथा विश्वका चिकित्सकहरुको सहकार्यमा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई साम्रगी सहयोग गरेको हो ।

उपप्रमुख उमा थापा मगरले सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई माक्स, ग्लोब्स, सेनिटाईजर, पिपिई, गम्बुट लगायतका १४ प्रकारका सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । नेपालगञ्जमा ३५० जना सरसफाई कर्मचारी कार्यरत रहेका छन् ।

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech