२४ घण्टामा थप २१ संक्रमितको मृत्यु, मृतक संख्या १,५२९ पुग्यो

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०७७, मंगलवार
तस्विरः फाइल

 

काठमाडौं १६, मंसिर ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा २१ कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२९ पुगेको छ ।

२४ घण्टाको अवधीमा १ हजार ३०४ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।


Nabintech