कर्णाली प्रदेशका ४२ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७७, सोमबार

सुर्खेत १५, मंसिर ।

कर्णाली प्रदेशका ४२ वटा स्थानीय तहमा आधारभूत अस्पतालको सोमवार एकसाथ शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका दश वटा जिल्लामा ५, १०, १५ शय्याका अस्पतालको एकसाथ शिलान्यास गरिएको हो ।

कर्णाली प्रदेशमा ५ शैय्याको एक, १० शैय्याको नौ र १५ शैय्याको ३२ वटा स्वास्थ्य चौकी एकसाथ शिलान्यास गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यानका ८ वटा स्थानीय तहमा, दैलेख र सुर्खेतका ७-७ वटा स्थानीय तहमा अस्पतालको शिलान्यास भएको छ । त्यस्तै, जाजरकोट, हुम्लामा ४-४ वटा स्थानीय तहमा, रुकुमपश्चिम, डोल्पाका ३-३ वटा स्थानीय तहमा, जुम्ला र कालिकोटमा २-२ स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको छ ।

स्थानीय तहमा बन्न लागेका अस्पतालको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, कर्णाली प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरु र सम्बन्धित निर्वाचन क्षेत्रका सांसदहरुले अस्पतालको शिलान्यास गर्नुभएको हो ।

  • १५ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech