जानकीमा एकै पटक ४० जनामा कोरोना

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७७, बिहीबार

नेपालगन्ज २२ जेष्ठ ।

बाँकेमा थप ४२ जानलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालगन्ज वडा नम्बर १२ र १५ का दुई जना र जानकी गाउँपालिकाका ४० जना रहेको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका सबै क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको र सबै भारतबाट आएकाहरु भएको बताइएको छ । जानकीमा पहिलो पटक कोरोना संक्रमितहरु भेटिएका हुन् । योसँगै बाँकेमा संक्रमितको संख्या २ सय ५५ पुगेको छ ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech