आज २९ कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७७, सोमबार

तस्विरः फाइल

 

काठमाडौं १५, मंसिर ।

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १५ सय नाघेको छ। गत २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार २५ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार ४ सय ७४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।

गत २४ घण्टामा ९ हजार ९ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ३७ हजार ७ सय ४७ पुगेको छ। हाल ५ सय ३५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

  • १५ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech