डा राजन पाण्डे पुनः भेरी अस्पतालमा हाजिर

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७७, सोमबार

 

नेपालगन्ज १५, मंसिर ।
भरतपुर अस्पताल चितवनको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु)बाट राजिनामा दिएका डा राजन पाण्डे पुनः भेरी अस्पतालमा हाजिर हुनुभएको छ । उहाँ आइतवारदेखि भेरीमा पुनः हाजिर हुनुभएको हो । उहाँ अस्पतालमा हाजिर भएपनि नियमित काममा भने एकहप्तापछि मात्र फर्किने स्वास्थ्य पेजलाई बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भदौं २४ गते मन्त्रिस्तरीय निर्णय गर्दै भरतपुर अस्पतालको मेसुमा नियुक्त गर्नुभएको थियो ।

तर डा पाण्डेले व्यक्तिगत कारण देखाउँदै दुई महिनामै मेसु पदबाट मंसिर ३ गते बुधबार राजीनामा दिनुभएको थियो ।

अस्पतालको व्यवस्थापनमा मन नलागेका कारण पदबाट राजीनामा दिएको उहाँको भनाइ थियो। आधादशक बढी भेरी अस्पतालमा काम गरेका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा पाण्डे यसक्षेत्रका विरामीका लागि लोकप्रिय र रुचाइएका डाक्टर हुनुहुन्छ । भेरीमा उहाँको पुनः आगमनसँगै यसक्षेत्रका विरामीले गुणस्तरीय सेवा पाउने छन् ।

  • १५ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech