डा राजिव घिमिरे किन आइरहन्छन् कोहलपुुर ?

    • स्वास्थ्य पेज

  • १४ मंसिर २०७७, आईतवार

 

कोहलपुर १४, मंसिर ।
कोहलपुरमा रहेको दुर्गामाता आयुर्वेद आरोग्य केन्द्र, माता मनकामना आयुर्वेद क्लिनिक छ । यो क्लिनिकले आयुर्वेद उपचारबाट विभिन्न खाले समस्याको निदान गर्दै आएको छ । यही क्लिनिकमा भेटिनुहुन्छ  बरिष्ठ आयुर्वेद चिकित्सक डा राजिव घिमिरे । वि.स २०३६ सालमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा जन्मनुभएका उहाँ विभिन्न जिल्लामा पाइल्स रोगीको उपचारका लागि पुग्ने गर्नुहुन्छ ।

काठमाडौंमा रहेको धन्वन्तरी आयुर्वेद तथा रिर्सच सेन्टरमा कार्यरत उहाँ अधिकांश जिल्लामा पुग्नेक्रममा प्रत्येक महिनाको ११ गते कोहलपुरको दुर्गामाता आयुर्वेद आरोग्य केन्द्र, माता मनकामना आयुर्वेद क्लिनिकमा पाइल्सका विरामीको उपचारका लागि आउने गर्नुहुन्छ ।
के हो पाइल्स ?
मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पाइल्स हो । सुरुवाती चरणमा खानपान, जीवनशैली र बानी व्यहोरा बदलेर यसबाट छुटकारा पाउन सकिन्छ । जटिल अवस्थामा भने शल्याक्रिया गर्नुपर्ने समेत हुनसक्छ । योग, आयुर्वेद क्षारसुत्रलगायतका उपचार विधीबाट पनि यसको निदान खोज्न सकिन्छ । डा राजिव भन्नुहुन्छ–‘आयुर्वेद उपचार विधिबाट पाइल्स रोगको प्रभावकारी उपचार सम्भव छ ।’

पाइल्सका लक्षण
पाइल्सको लक्षण मलद्वार र मलासयसँग हुने भएकाले दिसा गर्दाका बेला हुने समस्या नै यसका लक्षण हुन् । पाइल्स भएमा दिसा गर्न गाह्रो हुने, दिसा गर्दा रगत आउने, मलद्वारबाट मासुको डल्ला बाहिर निस्कने आदि समस्या हुन्छन् । लामो समयसम्म दिसा रोक्ने, लामो समयसम्म दिसा बस्ने तथा दिसा कब्जियत हुने कारणले गर्दा नै यो रोग लाग्ने गर्दछ । बुझ्दा सामान्य रुपमा बुझिने पाइल्सका चार चरण हुन्छन् ।

पहिलो चरण

यस अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँदैन । तर रगत बग्ने र दुखाइ भने हुने गर्दछ । यस अवस्थामा रहेको पाइल्सलाई औषधिको प्रयोगबाट निको पार्न सकिन्छ ।

दोस्रो चरण
यो अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र दिसा गरिसकेपछि आफैँ भित्र जान्छ । यसका साथै दुख्ने अनि रगत आउनेसमेत हुन्छ । यो अवस्थासम्म पनि लामो समयसम्म औषधि सेवन गरी निको पार्न सकिन्छ ।

तेस्रो चरण
यस चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र आफैँ भित्र नगई औँलाले धकेलेर भित्र पठाउनुपर्ने हुन्छ । यसका साथै बढी मात्रामा दुख्ने अनि रगत बग्ने हुन्छ । यस अवस्थासम्म आइपुगेको पाइल्स औषधिले निको नहुने भएकाले क्षारसूत्र विधिबाट नै उपचार गर्नुपर्ने हुन्छ ।

चौथो चरण
यस चरणमा मासुको डल्ला बाहिर नै बसिरहन्छ साथै अत्यधिक दुखाइ र रगत बग्ने हुन्छ । समयमै उपचार नगर्दा मासुको डल्ला कुहिन थाल्दछ र संक्रमण सम्पूर्ण शरीरमा फैलिएर मान्छेको मृत्यु पनि हुन्छ ।

पाइल्सबाट बच्ने उपाय
पाइल्स भएका बिरामीले सबैभन्दा धेरै पानी पिउन आवश्यक छ । दैनिक ३ देखि ५ लिटरसम्म पानी पिउनु उपयुक्त हुने गर्दछ । त्यस्तै दिसा सजिलै खुलाउने खालका खानेकुरा खाने, दिसा रोकेर नबस्ने, गरम मसला, मरिच र पिरो खानेकुरा खानु हुँदैन् । त्यस्तै माछामासु कम खाने, दिनहुँ हरियो सागपात र फलफूल खाने कुरा खानु पर्छ । डाक्टरले सुझाउने गर्दछन् । पायल्स रोग लागेका बिरामीले कसरतमा पनि विषेश ध्यान दिनुपर्छ ।

यो रोग १ देखि २ प्रतिशतसम्म क्यान्सरमा परिणत हुने गरेको पाइएको छ । यो रोगका संक्रमितको शल्यक्रिया गरेका बिरामीमा ३० देखि ४० प्रतिशतसम्म दोहोरिएको पाइएको छ । तर, क्षारसूत्र विधिबाट उपचार गरेका बिरामीमा भने १ प्रतिशतभन्दा पनि कममा मात्र दोहोरिने देखिएको छ । यसैले पनि के पुष्टि गर्छ भने यसको सहि उपचार भनेकै आयर्वेद हो । यसलाई क्षारसूत्र विधिबाट उपचार गर्दा दोहोरिने सम्भावना निकै कम हुने आयुर्वेद विधिबाट उपचार गर्दै आएका बरिष्ठ आयुर्वेद डा घिमिरले बताउँनुुहुन्छ ।

  • १४ मंसिर २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech