२४ घण्टामा थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १३ मंसिर २०७७, शनिबार

 

नेपालगन्ज १३, मंसिर ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर ५ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ।

हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय १८ जना क्वारेन्टिनमा छन्।

  • १३ मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech