२४ घण्टामा थप २३ संक्रमितको मृत्यु, मृतकको संख्या १४३५ पुग्यो

    • स्वास्थ्य पेज

  • १२ मंसिर २०७७, शुक्रबार

तस्विरः फाइल

काठमाडौं १२, मंसिर ।

नेपालमा कोरोना एकै दिन थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार ७ सय ३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। गत २४ घण्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ।

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख १० हजार ४ सय ६० लाख पुगेको छ। हाल ६ सय १ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech