२५ वर्षीया सुत्केरीको भाइरस संक्रमणबाट मुत्यु

    • स्वास्थ्य पेज

  • १२ मंसिर २०७७, शुक्रबार

 

विराटनगर १२, मंसिर ।

कोरोना भाइरस संक्रमणबाट मोरङमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरी भएको करिब १६ दिनपछि श्वासप्रश्वासमा समस्या र बोली एकाएक बन्द हुँदा मोरङ रतुवामाई नगरपालिकाकी २५ वर्षीया महिलालाई विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा मृगौला र निमोनियाको समस्या थियो ।

कोरोना संक्रमण भइसकेको अवस्थामा स्वास्थ्यमा समस्या भएपछि परिवारले होम आइसोलेशनबाट उनलाई मंसिर १० गते अस्पतालमा भर्ना गराएका थिए ।

जटिल अवस्थामा भर्ना गरिएकी महिलालाई बुधबारदेखि भेन्टिलेटरमा राखेर बचाउने प्रयास गरिएको भए पनि सफल नभएको अस्पतालका प्रबन्ध नारायण दाहालले बताउनुभयो । उनको बिहीबार राति करिब ११ बजे मृत्यु भएको हो ।

 

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech