महानिर्देशक श्रेष्ठको सरुवा

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७७, बिहीबार

काठमाडौं २२, जेष्ठ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई सरुवा गरेको छ।

मन्त्रालयले विभागका महानिर्देशक श्रेष्ठ र महाशाखाका निर्देशक डोटेललाई मन्त्रालयमा तानेको छ।मन्त्रालयले विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह र व्यवस्थापन महाशाखामा डा रमेश खरेललाई जिम्मेवारी दिएको छ।

यस्तै प्रसूतिगृहका निर्देशक डा जागेश्वर गौतमलाई पनि मन्त्रालयमा तानिएको छ। मागअनुसार समयमै कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि अत्यावश्यक सामग्री व्यवस्थापनमा असक्षमतासँगै त्यसको खरिदमा अनियमितताको आरोप लागेपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठको १५ सातामै सरुवा गरिएको हो ।

आफू निकट मानिए पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले दबाब थेग्न नसकेपछि बिहीबार श्रेष्ठलाई मन्त्रालय तानेको स्रोतले बताएको छ । मन्त्रालय उच्च स्रोतकाअनुसार कोरोना भाइरस संक्रमण तिब्र रुपले फैलिने आकंलन भइहरेका बेला श्रेष्ठको छबी विवादास्पद बन्न पुगेको थियो।

गत वर्ष चैतमा विवादस्पद कम्पनी ओम्नी इन्टरनेशलसँग स्वास्थ्य सामग्री खरीदमा भएको भ्रष्टाचार र अनियमिततामा मुछिएका श्रेष्ठ अन्ततः मन्त्रालय तानिएका बताइएको छ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech