बाहिरी जिल्लाका ५० संक्रमितको बाँकेमा मृत्यु, सबैभन्दा धेरै दाङका

    • स्वास्थ्य पेज

  • ११ मंसिर २०७७, बिहीबार

तस्विर: फाइल

 

नेपालगन्ज ११, मंसिर ।
बाँकेमा उपचार गराउन बाहिरी जिल्लाबाट आएका थप एकजनाको मृत्यु भएको छ । बिहीबार दाङका ४२ वर्षीय पुरुषको मृत्युसँगै बाँकेमा उपचार गराउन आएका बाहिरी जिल्लाका मृतकको संख्या ५० पुगेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, स्वास्थ्यमा समस्या आएपछि मंसिर २ गते कोहलपुर मेडिकल कलेजमा उपचार गराउन आएका ४२ वर्षीय पुरुषलाई ३ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई भेरी अस्पताल, नेपालगञ्जको आइसोलेशन युनिटमा सारिएको थियो ।

ती व्यक्तिको उपचारको क्रममा बिहीबार बिहान बिहान ७ः४८ बजे मृत्यु भएको हो । ५० जनामा सबैभन्दा धेरै दाङका मानिस रहेका छन् । बाँकेका ३८ जनाको मृत्यु भएको छ ।

 

  • ११ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech