कप्तान मल्लसहित तीन क्रिकेटरलाई कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • १० मंसिर २०७७, बुधबार

 

काठमाडौं १०, मंसिर ।
नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो ।

बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १६ खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो । शरद भेषावकर, बसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी, सुवास खकुरेल र कुशल मल्लले पनि स्वाब दिनुभएको छैन् ।

रेग्मीलाई यसअघि नै कोरोना संक्रमण देखिएकाले स्वाब दिन नआएको क्रिकेट संघले जनाएको छ । यस्तै स्टाफ प्रदीप लामालाई पनि कोरोना संक्रमण देखिएको छ । क्यान सचिव अशोकनाथ प्याकुरेलका अनुसार काठमाडौंमै घर भएका खेलाडीहरु होम क्वारेन्टिनमा र बाहिरका खेलाडीहरुलाई होटलमा आइसोलेसनमा बस्नेछन् ।

 

  • १० मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech