पछिल्लो २४ घन्टामा ३ हजार १ सय ४० जना

    • स्वास्थ्य पेज

  • १० मंसिर २०७७, बुधबार

 

काठमाडौं १०, मंसिर ।

पछिल्लो २४ घन्टामा ३१४० जना संक्रमणमुक्त भएका छन्। आज डिस्चार्ज भएका सँगै नेपालमा संक्रमणमुक्त हुने प्रतिशत ९२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको अनुसार आज कोरोना भाइरसबाट थप १९४८ जना संक्रमित भएका छन् ।गत २४ घण्टामा ९२१० जनाको पीसीआर परीक्षण गर्दा महिला ७७४ र पुरुष ११७४ जना गरी १९४८ जनामा कोरोना संक्रमण पुष्टि छ।

पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३८९ जना रहेको छ ।

काठमाडौं उपत्यकामा गत २४ घण्टामा ८३५ जना संक्रमित भएका छन् । काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना संक्रमित थपिएका छन्।

  • १० मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech