नर्सिङ लाइसेन्स परीक्षा शनिबार, १३३८ जना सहभागी हुँदै

    • स्वास्थ्य पेज

  • १० मंसिर २०७७, बुधबार

 

काठमाडौं १०, मंसिर ।

नेपाल नर्सिङ काउन्सिलको अगामी शनिबार अर्थात मंसिर १३ गते हुने दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) परीक्षा हुने भएको छ । परीक्षामा १ हजार ३३८ जनाले मात्र फारम भरेका छन्।

काउन्सिलले करिब ३ हजार बढी परीक्षार्थी परीक्षामा सहभागि हुने अनुमान गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको प्रभावका कारण यसपटक लाइसेन्स परीक्षामा कम विद्यार्थी सहभागी हुने काउन्सिलले जनाएको छ।

परीक्षामा कम विद्यार्थी सहभागी भएपनि काठमाडौंमा मात्र परीक्षा केन्द्र राख्ने निर्णय काउन्सिलले गरेको छ। परीक्षाको एक वा दुई दिन अघि मात्र केन्द्रको नाम सार्वजनिक गर्ने तयारी भएको काउन्सिलले जनाएको छ।

  • १० मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech