कर्णालीमा थपिए ६२ संक्रमित, पुग्यो संक्रमित संख्या ६ हजार ७५८

    • स्वास्थ्य पेज

  • १० मंसिर २०७७, बुधबार

 

सुर्खेत १०, मंसिर ।
कर्णाली प्रदेशमा ३७६ जनाको पीसीआर परिक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा ६२ जनामा कोरोना संक्रमण भएको हो ।

पुष्टि भएका मध्य सुर्खेतका २४, रुकुम पश्चिमका १४, सल्यानका ६, दैलेखका ४, जुम्लाका २, कालिकोटका ३ र अन्य प्रदेशका ९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो । योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ७५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २८ जनाले कोरोना संक्रमण जितेर डिष्चार्ज भएको कँडेलको भनाइ छ । कर्णालीमा कोरोना संक्रमण जितेर डिष्चार्ज हुनेको संख्या ६ हजार १७९ जना पुगेको छ । हालसम्म कर्णाली प्रदेशमा ९२ हजार ३७२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

  • १० मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech