गाउँ पहिलोपटक स्वास्थ्य सेवा

    • स्वास्थ्य पेज

  • १० मंसिर २०७७, बुधबार

 

बाजुरा १०, मंसिर ।
बाजुराको गौमुल गाउँपालिका–१ मा रहेको अन्द्राडी गाउँ पहिलोपटक स्वास्थ्य सेवाको पहुँचमा पुगेको छ। सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी स्वास्थ्य सेवा दिएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो। गाउँपालिकाले स्वास्थ्य चौकीसँगै अहेब, अनमी, कार्यालय सहयोगी र औषधिको व्यवस्थापन गरेर सेवा सुरु गरेको उहाँले बताउनुभयो।

यस्तै छिट्टै प्रसुति सेवा समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ। ४४ परिवार बसोबास गर्दै आएको अन्द्राडी गाउँ राज्यका हरेक सेवा सुविधाबाट बञ्चित हुँदै आएको छ।

बाजुराको दुर्गम गाउँका रुपमा रहेको यो गाँउका बासिन्दाले यसअघि स्वास्थ्य सेवा लिन एक दिन लगाएर दहकोट स्वास्थ्य चौकी धाउनुपर्ने बाध्यता रहेको थियो। अब भने गाउँमै औषधि तथा उपचार पाउँदा स्थानीय खुसी भएका छन् । बाजुराका दुर्गम गाँउ गुम्बा र लाम्पाटा अझै स्वास्थ्य सेवाबाट बिमुख रहेका छन्।

  • १० मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech