कोरोना अपडेटः संक्रमित २ लाख २६ हजार २६, निधन १३८९, डिस्चार्ज २ लाख ७ हजार ९९८

    • स्वास्थ्य पेज

  • १० मंसिर २०७७, बुधबार

काठमाडौं १०, मंसिर ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा १९, उदयपुरमा ८, ओखलढुंगामा १, खोटाङमा २, झापामा १९३, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा ७, भोजपुरमा ३, मोरङमा ७२, संखुवासभामा २८, सुनसरीमा ५३, धनुषामा ४६, पर्सामा ३, बारामा ३, महोत्तरीमा १३, रौतहटमा ३, सप्तरीमा १०, सर्लाहीमा ८, सिरहामा २०, काठमाडौँमा ६३५, काभ्रेमा ३१, चितवनमा ८२, दोलखामा ४ र धादिङमा ३ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै नुवाकोटमा ५, भक्तपुरमा ८७, मकवानपुरमा ३७, रसुवामा १, रामेछापमा ३, ललितपुरमा ११३, सिन्धुपाल्चोकमा ८, सिन्धुलीमा ४, कास्कीमा ९०, गोरखामा १४, तनहुँमा १५, नवलपरासीपूर्वमा १९, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ८, बाग्लुङमा १२, स्याङ्जामा १३, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ८, गुल्मीमा ३०, दाङमा ५१, नवलपरासीमा १७, पाल्पामा २५, प्यूठानमा ८, बर्दियामा ४, बाँकेमा १७, रुपन्देहीमा ४७, रोल्पामा ३, जुम्लामा २, अछाममा २, कञ्चनपुरमा १, कैलालीमा ३, डडेल्धुरामा ६, डोटीमा २, दार्चुलामा १३, बाजुरामा ४ र बझाङमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बुधबार देशभर ३ हजार १ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ। हाल देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ६९ जना क्वारेन्टिनमा छन्।

  • १० मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech