बाँकेमा थप २६ जनामा संक्रमण, संक्रमित संख्या ३,७७३ पुग्यो

    • स्वास्थ्य पेज

  • ९ मंसिर २०७७, मंगलवार

 

नेपालगन्ज ९, मंसिर ।

बाँकेमा मंगलवार थप २६ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको परिक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । ती प्रयोगशालामा गरिएको परिक्षणमा बाहिरी जिल्लाका १३ जनामा पनि संक्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाभित्रका ४ र जिल्ला बाहिरका ४, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा परिक्षणमा जिल्लाभित्रका १५ र जिल्ला बाहिरका ८ र वागेश्वरीको प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाभित्रका १ र जिल्ला बाहिरका १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ७ सय ७३ पुगेको छ ।

यसअघि आजै कोरोना संक्रमणमुक्त हुँदै बाँकेबाट २८ जना डिस्चार्ज भएका थिए । बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ५५८ पुगेको छ ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech