२४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३६१ पुग्यो

    • स्वास्थ्य पेज

  • ९ मंसिर २०७७, मंगलवार

तस्विरः फाइल

 

काठमाडौं ९, मंसिर ।

पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ।

आज देशभर १ हजार ७ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

२४ घण्टामा २ हजार १९१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ। आज देशभर १७ हजार ६५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech