२४ घन्टामा १७९० जना कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ९ मंसिर २०७७, मंगलवार

 

काठमाडौं ९, मंसिर ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ५८ पुगेको छ।

आज देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ६१ जना संक्रमितको मृत्यु भइसकेको छ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech