विश्वभर कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ५ करोड ८४ लाख बढी

    • स्वास्थ्य पेज

  • ९ मंसिर २०७७, मंगलवार

तस्विरः फाइल

 

काठमाडौं ९, मंसिर ।

विश्वभर ५ करोड ८४ लाख २५ हजार ६८१ जनामा कोरोना भाइरस संक्रमण पष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४२ हजार ७५७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ हजार ८२५ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १३ लाख ८५ हजार २१८ पुगेको छ । अमेरिका, भारत, ब्राजिल लगायतका देश कोरोनाबाट बढी प्रभावित छन् ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech