सोमबार जिल्लाका ३६ जना र जिल्ला बाहिरका ४० जनामा कोभिड संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०७७, सोमबार

तस्बिर:फाइल

 

नेपालगन्ज ८, मंसिर ।

सोमबार बाँकेका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा रहेको भेरी अस्पतालको प्रयोगशालामा २१ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १४ जना र कोहलपुर स्थित बागेश्वरी ल्याबमा १ जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेहरु १५ जना महिला र २१ जना पुरुषहरु छन् । योसँगै बाँकेमा कोरोना संक्रमितहरुको हुल संख्या ३ हजार ७४७ पुगेको छ ।
सोमबार नै बाँके बाहिरका ४० जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा ३३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ७ जना गरि ४० जनामा संक्रमण पुष्टि भएको हो ।

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech