तिते करेलाका गुणै गुण

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७७, बिहीबार

तीतो–टर्रो भएपनि करेला अधिकांशलाई मीठो लाग्छ । मीठो मात्र हो र ? करेला आफैमा पोषक तत्वले भरिपूर्ण तरकारी पनि हो । यसमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, भिटामिन आदि तत्व पाइन्छ । मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घ रोगमा पनि उत्तिकै लाभदायक हुन्छ करेला ।

त्यसो त करेलालाई थरीथरीको स्वादमा बनाएर खान सकिन्छ । भुटेर, झोल हालेर, अचार बनाएर । स्वाद अनुसार जसरी सेवन गरेपनि हुन्छ । यद्यपि करेला मीठो बनाउने चक्करमा धेरैले यसको पोषक तत्व नष्ट गर्छन् ।

अधिकांशले करेलालाई तेलमा तारेर खान्छन् । डिप फ्राइ गरेर करेला खाने गरिन्छ । तर, यसरी तयार गर्दा करेलामा रहेको पोषक तत्व नष्ट हुन्छ । करेलालाई उसिनेर सेवन गर्नु एकदमै लाभदायक हुन्छ । तपाईंलाई लाग्न सक्छ, उसिनेर पनि यसको स्वाद हुन्छ ?

उसिनेको करेलालाई साँधेर खान सकिन्छ । यसको अचार निकै स्वादिलो हुन्छ । त्यसो त करेलाको जुस पनि उत्तिकै उपयोगी हुन्छ ।

यसरी स्वस्थ्यकर ढंगले सेवन गर्दा करेलाबाट कस्तो स्वास्थ्य लाभ मिल्छ त ?

१, कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ ।

२, करेलाले रगत सफा गर्छ । साथै हेमोग्लोबिन बढाउँछ ।

३ं, करेलले पाचनशक्ति दुरुस्त राख्छ, भोक जगाउँछ ।

४, दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो ।

५, करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ ।

६, करेला चिसो हुन्छ । त्यसैले गर्मीबाट पैदा हुने रोगीका लागि यस ले राम्रो काम गर्छ ।

७, कफको रोगीले करेला सेवन गर्नुपर्छ ।

८,  मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ । यसले सुगर लेभल नियन्त्रण गर्छ ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech