आइतबार बाँकेमा जिल्लाका १५ जना र जिल्ला बाहिरका ९ जनामा कोभिड संक्रमण पुष्टि 

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७७, आईतवार

 

नेपालगन्ज ७, मंसिर ।

बाँकेका विभिन्न पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप १५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा ३ जना पुरुष र १ जना महिला गरि ४ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ८ जना पुरुष र २ जना महिला गरि १० जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्लाको अर्को प्रयोगशाला कोहलपुर स्थित बागेश्वरी पीसीआर ल्याबमा १ जना पुरुषमा कोभिड पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लामा कोरोना संक्रमितहरुको कुल संख्या ३ हजार ७११ पुगेको छ । आईतबार ३१ जना संक्रमण जितेर डिस्चार्ज भएसँगै जिल्लाभर संक्रमण जित्नेको संख्या ३ हजार ५०४ पुगेको छ ।

तीनवटा प्रयोगशालामा आइतबार जिल्ला बाहिरका थप ९ जनामा समेत संक्रमण पुष्टि भएको छ । भेरीमा ५ जना , नेपालगन्ज मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा ३ जना र बागेश्वरी ल्याबमा १ जना गरि जिल्ला बाहिरका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech