चार अस्पताललाई २४ घण्टाभित्र स्पष्टिकरण दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७७, आईतवार

काठमाडौं ७, मंसिर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको छ । मन्त्रालयले स्टार अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको हो।

कोभिड १९ को पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको एक महिना र पोजिटिभ रिपोर्ट आएमा ३ महिनासम्म नमुना स्टोर गरेर राख्ने कार्य नगरेकोले यी अस्पताललाई स्पष्टीकरण सोधेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यी अस्पतालमा पीसीआर जाँच गरी नेगेटिभ रिपोर्ट आएपछि हङकङ, दुबई र जापान गएका व्यक्ति सम्बन्धित देशमा जाँच गर्दा पिसिआर जाँच पोजेटिभ आएको भन्दै पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

उक्त पत्र आएपछि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। उक्त समितिले दिएको प्रतिवेदनको आधारमा ती अस्पताललाई स्पष्टीकरण सोधिएको हो।

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech