नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बर्दियाका संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७७, आईतवार

तस्विरः फाइल

कोहलपुर ७, मंसिर ।
कोरोना भाइरस संक्रमणबाट बर्दियाका पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । गुलरिया नगरपालिका ३ का ७ ७ वर्षीय पुरुषको आइतवार मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि ती पुरुषलाई गएको ६ गते अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना परीक्षणका लागि उनको त्यसैदिन स्वाव निकालिएको थियो ।

त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । रोगको प्रकृति अनुसार उपचारकै क्रममा उनको आज विहान ३ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै भाइरस संक्रमणबाट बाँकेमा उपचारका क्रममा बाहिरी जिल्लाका मृतक संख्या ४७ पुगेको छ ।

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech