कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको भाइरस संक्रमणबाट मृत्यु

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७७, आईतवार

 

अछाम ७, मंसिर ।

कोरोना भाइरसको संक्रमणपछि अछाममा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाँउपालिका अन्तर्गत रहफ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब कपिल श्रेष्ठको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

संक्रमणबाट मृत्यु हुने उनि जिल्लामा कार्यरत पहिलो स्वास्थ्यकर्मी हुन्। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी सिनियर अहेब श्रेष्ठको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ।

जोशीका अनुसार श्रेष्ठ बिरामी भएर धनगढी गएको बेला उतै परिक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। जोशीका अनुसार जिल्लामा हाल २८ जना सक्रिय संक्रमित रहेका छन्।

 

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech