स्वास्थ्यकर्मी गौरीशंकर देवको कोरोना संक्रमणबाट मृत्यु

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७७, आईतवार

 

काठमाडौं ७, मंसिर ।
कोरोना भाइरस संक्रमणबाट स्वास्थ्यकर्मी गौरीशंकर देवको निधन भएको छ।सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत जनस्वास्थ्य अधिकृत देवको शनिबार राती १०ः४० बजे विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।

उनलाई १७ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो। कोरोना पोजिटिभ देखिएपछि उनको स्वास्थ्य गम्भीर भएको थियो। उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो।

विगत ३० वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत देवको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणिय क्षति पुगेको नेपाल स्वास्थ्यकर्मी युनियनले जनाएको छ।

५४ वर्षीय देव युनियनका सहसचिव थिए। उनको परिवारमा बाबु, आमा, श्रीमती, छोरा, छोरी छन् ।

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech