कर्णालीमा कोरोना संक्रमितको संख्या ३८९ पुग्यो

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७७, बिहीबार

सुर्खेत २२, जेष्ठ ।
कर्णाली प्रदेशमा कोभिड–१९ बाट एकैदिन ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पीसीआर परीक्षणबाट दैलेखका ११३ र मुगुको एक जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

यसमा दैलेख नारायण नगरपालिकाका ६७ पुरुष र पाँच महिला गरी ७२ जना रहेका उहाँले बताउनुभयो। त्यस्तै दैलेख देवलकाँडाका १२, सोतका नौ, मानटाकुराका सात, नौमुलेका पाँच, भगनीका पाँच, साडुका दुई र बाँसकोटका एक जना रहेका छन्।

यससँगै कर्णालीमा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ३८९ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech