वरिष्ठ शल्यचिकित्सक ध्रुब शर्मा मुडभरीको निधन

    • स्वास्थ्य पेज

  • ६ मंसिर २०७७, शनिबार

 

काठमाडौं ६, मंसिर ।
वरिष्ठ शल्यचिकित्सक ध्रुब शर्मा मुडभरीको निधन भएको छ। कोरोना संक्रमित डा मुडभरीको ओम अस्पतालमा उपचारका क्रममा शनिबार दिउसो निधन भएको हो।

ओम अस्पतालका संस्थापक तथा पूर्व अध्यक्ष डा मुडभरीलाई ९ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो। ७८ वर्षीय डा मुडभरीको स्वास्थ्यमा केही सुधार आएपछि तीन दिन अघि डिस्चार्ज भएर घर गएका थिए। तर घरमा बाथरुममा लडेर गम्भीर घाइते भएका उनलाई तत्कालै अस्पताल ल्याइएको थियो।

अस्पतालमा जाँचका क्रममा उनको छातीमा रगत जमेको पाइएको थियो। अस्पतालमा उनलाई आइसियुमा राखेर उपचार भइरहेको थियो। डा मुडभरी नेपालमा सर्जरी सेवा सुरु गर्ने डाक्टर मध्येका एक हुनुहुन्थ्यो । डा मुडभरीका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।

  • ६ मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech