कोरोना संक्रमणबाट कोहलपुरकी महिलाको भेरी अस्पतालमा मृत्यु

    • स्वास्थ्य पेज

  • ६ मंसिर २०७७, शनिबार

तस्विरः फाइल

नेपालगन्ज ६, मंसिर ।
कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-११ की ६८ वर्षीया महिलाको शनिवार दिउँसो भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक २८ गते उनलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाव निकालिएको थियो । भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड आइसोलेसन युनिटमा उपचार चलिरहेपनि विरामीको अवस्थामा सुधार नआएपछि उहाँका आफन्तहरुको आग्रहमा मंसिर १ गते भेरी अस्पतालको कोभिड आइसोलेसन युनिटमा भर्ना गरिएको थियो ।

रेमडिसिभिर, प्लाज्मा थेरापीबाट समेत उपचार गरिएपनि उनको अवस्थामा सुधार नआएपछि आज दिउँसो तीन बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

  • ६ मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech