सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले अन्य विशेषज्ञ सेवा पनि दिने

    • स्वास्थ्य पेज

  • ५ मंसिर २०७७, शुक्रबार

 

नेपालगन्ज ५, मंसिर ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा शुक्रबारदेखि शल्यक्रिया सेवा सुरु भएको छ । संघीय सांसद नन्दलाल रोकायले सेवा संचालनको व्यानर पढेर उदघाटन गर्दै संघीय सांसद नन्दलाल रोकायले तत्कालीन सबै पार्टीका नेतृत्वको इच्छाशक्ति र जनताको सहयोगमा क्यान्सर अस्पताल निर्माण भएको बताउनुभयो ।

खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालल नेपालकै इतिहासमा जनताको प्रत्यक्ष सहभागिताबाट बनेको खजुरा गाउँपालिका प्रमुख तथा प्रखर परोपकार मिसनका अध्यक्ष किस्मत कुमार कक्षपति बताउनुभयो । उहाँले नेपाल सरकारको आफ्नो स्वायत्त गठन आदेशमा संघीय सरकार मार्फत सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अप्रेशन सेवा शुरु भएको अध्यक्ष कक्षपतिले जानकारी गराउनुभयो । अस्पतालका निर्देशक कृष्णप्रसाद आचार्यले हिस्टो प्याथोलोजि, स्त्री रोग, नाक कान घाँटीको बिषेशज्ञ ल्याई दैनिक सेवा बिस्तारको योजनामा रहेको जानकारी दिनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्त्व, बासगढी नगरपालिका मेयर सालिकराम अधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समिति सदस्य चरित्रा शाह, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापाले शुभकामना राख्दा अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले हाल प्रदान गर्दै आएको सेवा बारे जानकारी गराउनुभएको थियो ।

 

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech