कुड्वामा स्वास्थ्य इकाइ स्थापना, औषधी उपचारसहितको सेवा शुरु

    • स्वास्थ्य पेज

  • ५ मंसिर २०७७, शुक्रबार

 

नेपालगन्ज ५, मंसिर ।
स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित रहेको बाँके डुडुवा गाउँपालिका–१ कुड्वामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ । स्थानीय रामनरेश मौर्यले निशुल्क रुपमा उपलब्ध गराउनु भएको दुई कोठे घरमा स्थापना गरिएको इकाइको शुक्रबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उद्घाटन गर्नुभयो ।

गाउँपालिकाले संचालन गरेको घर–घरमा स्वास्थ्य अभियानलाई सफल पार्न र सेवाबाट बञ्चित तथा पछाडी परेको समुदायलाई समेटने उद्देश्यले इकाइ संचालनमा ल्याएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले गाउँपालिका अन्र्तगत कुनै पनि समुदाय तथा बस्ती टोलका पछाडी पारिएका नागरिकलाई सेवाबाट बञ्चित नगराई प्रभावकारी सेवा प्रदान गर्ने योजना अनुरुप अघि बढेको बताउनुभयो । अध्यक्ष चौधरीले गाउँपालिकाको वार्ड नं ५ मा पनि केही बस्तीमा स्वास्थ्य इकाइ स्थापना गर्ने बताउनुभयो ।

कुडवाका नागरिकहरु राप्ती नदी वारपार गरेर हालिया र नरैनापुर गाउँपालिकाको गंगापुर स्वास्थ्य चौकीबाट सेवा लिदै आएका थिए । स्वास्थ्य सेवा इकाइ संचालनमा आएपछि उक्त समस्याको अन्तय हुने स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार सोही स्थानमा बालबालिकाहरुका लागि खोप केन्द्र संचालन गर्न भवन समेत निमार्ण भइरहेको छ ।

इकाइबाट सो बस्तीका करिब ९० घरपरिवार प्रत्यक्ष लाम्भावित हुने गाउँपालिकाले जनाएको छ । इकाइमा औषधी सहित दुई जना स्वास्थ्यकर्मी परिचालन गरि सेवा आजैबाट शुरु गरिएको छ ।

 

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech