२४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार २९८ पुग्यो

    • स्वास्थ्य पेज

  • ५ मंसिर २०७७, शुक्रबार

तस्विर: फाइल

 

काठमाडौं ५, मंसिर ।
पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २२ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २९८ पुगेको छ । सोही अवधीमा १ हजार ९४५ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ५ हजार ३६४ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

हालसम्म संक्रमित मध्ये १ लाख ९१ हजार २ निको भइसकेका मन्त्रालयले जनाएको छ ।


Nabintech