२४ घण्टामा १,९४५ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुग्यो

    • स्वास्थ्य पेज

  • ५ मंसिर २०७७, शुक्रबार

 

काठमाडौं ५, मंसिर ।
पछिल्लो २४ घण्टामा १ हजार ९४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ५ हजार ३६४ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ ।

पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २९८ पुगेको छ ।


Nabintech