कोरोना अपडेटः थप एकको मृत्यु, संख्या १० पुग्यो

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७७, बिहीबार

बुटवल २२ जेष्ठ ।
कोरोना भाइरसको संकमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवा घर भएका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनुभयो ।

पूर्वखोला २ जल्पा क्वारेन्टाइनमा रहेको अवस्थामा उनको स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि तानसेनस्थित मिसन अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

मृत्यु भएपछि कोरोना आशंकामा उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech