नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत २५ बर्षीय कोरोना संक्रमित युवकको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ मंसिर २०७७, बिहीबार

तस्विरः फाइल

 

कोहलपुर ४, मंसिर ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा विहीबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तुर्माखाद गाउँपालिका ३ भैरवस्थान अछामका २५ बर्षका युवकको मृत्यु भएको हो ।

भीरबाट लडेर गम्भीर अवस्थामा रहेका उनलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो । उनको थप उपचार गर्नु पहिले कोरोना परीक्षणका लागि कात्तिक २९ गते स्वाव निकालिएको थियो ।

त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई तत्काल कोभिड युनिटमा राखेर उपचार सुरु गरिएको थियो । तर विरामीको अवस्थामा सुधार नआएपछि उनको आज बेलुका ५ः १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४३ जना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।

  • ४ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech