न्याम्सका पदाधिकारीलाई वीर अस्पताल प्रवेशमा रोक

    • स्वास्थ्य पेज

  • ४ मंसिर २०७७, बिहीबार

काठमाडौं ४, मंसिर ।

वीर अस्पतालका कर्मचारीले न्याम्सका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका छन्। आजदेखि मङ्सिर १२ गतेसम्म न्याम्स पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाइने भएको उनीहरूले बताएका छन्।

नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले आजबाट वीर अस्पतालमामा न्याम्स पदाधिकारीलाई अस्पताल प्रवेश निषेधको कार्यक्रम सुरु गरेको बताउनुभयो ।

माग सम्बोधन नभए पदाधिकारी कार्यकक्षमा तालबन्दी गर्ने आचार्यको चेतावनी छ। कर्मचारीहरुले आज अस्पतालको दुवै गेटमा पदाधिकारी प्रवेश निषेधको ब्यानरसमेत टाँसेका छन्।

जोखिममा काम गरेवापत पाउनुपर्ने कोभिड भत्ता, कोभिड बिमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भुक्तानी दिन बाँकी सेवा विस्तार भत्ता लगायत पाउनुपर्ने मागसहित वीर अस्पतालका कर्मचारीहरू कात्तिक ३ गतेदेखि आन्दोलनमा छन्।

  • ४ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech