कोभिड संक्रमणका कारण दाङका ८१ वर्षिय वृद्धको भेरी अस्पतालमा मृत्यु

    • स्वास्थ्य पेज

  • ४ मंसिर २०७७, बिहीबार

तस्विरः फाइल

 

नेपालगन्ज ४, मंसिर ।
भेरी अस्पताल नेपालगन्जमा एकजना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-६ बरुवागाउँ दाङ का ८१ वर्षिय वृद्धको बिहिवार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

कात्तिक २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड संक्रमणको आशंकामा श्वाब परीक्षण गर्दा उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना रिर्पाट पोजेटिभ आएपछि कात्तिक २८ गते नै भेरी अस्पताल नेपालगन्जमा भर्ना गरी उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उनको मंसिर ४ गते बिहिवार बिहान ३:३० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उनमा केहि समयदेखि मधुमेह र मृगौला सम्बन्धी समस्या भई सो को समेत उपचार भैरहेको पारीवारीक श्रोतले जनाएको छ । योसँगै बाहिर जिल्लाबाट उपचारका लागि बाँकेमा आई ज्यान गुमाउनेहरुको संख्या ४२ पुगेको छ ।

यसअघि बिहिवार बिहान तुलसीपुर-६ दाङकै ५६ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो ।

  • ४ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech