कोरोनाबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप एकको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ मंसिर २०७७, बिहीबार

तस्विरः फाइल

 

कोहलपुर ४, मंसिर ।
कोरोना भाइरस संक्रमणबाट विहीबार विहान नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत थप एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-६ दाङका ५६ वर्षीय पुरुषको विहान २ः २० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएपछि ती पुरुषले कात्तिक २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाव दिएका थिए । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । लगत्तै उनी होम आइसोलेसनमा बसेका थिए ।

तर श्वासप्रश्वासमा समस्या भएपछि उनलाई २७ गते मेडिकल कलेज कोहलपुरको कोभिड आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

रोगको प्रकृति अनुसार सबै खाले उपचार गर्दापनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४१ जनाको मृत्यु भएको छ ।

  • ४ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech